मोरङ्को सुन्दरहरैचामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
मोरंग । माेरङको सुन्दरहरैँचा नगरपालिका–१२ मा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। संगम टोल निवासी ६० वर्षीय भवकृष्ण घिमिरेलाई हात्तीले आक्रमण गरेको हो।
स्थानीयका अनुसार दूध बेच्न जाँदै गर्दा बिहान करिब ५ बजे हात्तीले घिमिरेमाथि आक्रमण गरेको थियो। घटनास्थलमै उहाँको मृत्यु भएको जनाइएको छ।
बेलबारी र सुन्दरहरैँचा क्षेत्रमा पछिल्लो समय हात्तीको चहलपहल बढ्दै गएको थियो । हात्तीकाे हुल घटना घटाएर खोरसाने हुँदै जंगलतर्फ लागेको जनाइएको छ।


