मोरङको बेलबारीबाट बालिका बेपत्ता, खोजीमा सहयोग गरिदिन आग्रह
मोरङ । मोरङको बेलबारीबाट एक १३ वर्षीया बालिका बेपत्ता भएकी छन् ।
बेलबारी नगरपालिका–३ स्थित ‘जीवनको स्वास (Breath of Life)’ बाल आश्रमबाट हिजो रातिदेखि सम्पर्कविहीन भएकी भगवती माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत रिन्की राई हालसम्म फेला परेकी छैनन् ।
बालिकाको खोजी कार्य निरन्तर जारी रहेको आश्रमकी सञ्चालक निर्मला राईले जानकारी दिएकी छन् । उनका अनुसार आश्रम, स्थानीयवासी तथा सम्बन्धित निकायसँग समन्वय गरी खोजी भइरहेको छ ।
यदि कसैले रिन्की राईलाई कतै देख्नुभएको छ वा कुनै जानकारी पाउनुभएको छ भने, ९८२०५९४९२३ नम्बरमा सम्पर्क गर्न वा नजिकको इलाका प्रहरी कार्यालयमा तुरुन्त जानकारी गराइदिन उनले आग्रह गरेकी छन् ।


