लिम्बुवान प्रान्तीय मञ्चको जिम्मेवारी मिभकलाई

मोरंग । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्चको छैटौ मोरङ जिल्ला अधिवेशनले मिक्सन मिभक लिम्बुलाई अध्यक्षमा निर्वाचित गरेको छ ।

शनिबार उर्लाबारी -५ स्थित बौद्ध गुम्बा परिसरमा भएको अधिवेशनको मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ले उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले सहअस्तित्व स्वीकार्न र सम्मान पुर्वक बाँच्नका लागि पहिचानसहितको संघीयता अपरिहार्य रहेको बताए। नेपाली जनमत हिजोभन्दा बढी विभाजित रहेको जनाउँदै उनले ढिलो चाँडो १०ं जोड २ प्रान्तको अवधारणामा जानैपर्ने अवस्था रहेको बताए।पहिचानजनित प्रदेशहरु निर्माण भएमात्रै स्थायीत्व र अमनचैन कायम हुने उनको भनाई थियो ।

कार्यक्रममा अध्यक्ष लिङ्देन सहितका वक्तहरुले अधिवेशनले पहिचान–आधारित संघीय संरचना, संघीय सहअस्तित्ववाद, संघीय सामुदायिक समाजवाद र संघीय राजनीतिक दृष्टिकोणलाई केन्द्रमा राखेर आगामी संगठनात्मक रणनीति, जनविद्रोह–केन्द्रित नीति तथा प्रदेशगत अधिकारका मुद्दालाई थप प्रखर बनाएको बताइएको छ ।

निवर्तमान अध्यक्ष दिलु लिङ्देन लावतीको अध्यक्षता रहेको अधिवेशनले २१ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको छ । जसअनुसार अध्यक्षमा मिभकसहित वरिष्ठ उपाध्यक्षमा रामकुमार खुदाङ, उपाध्यक्षहरुमा शेरबहादुर तुम्बाहाम्फे, जितबहादुर लावती, राजेश लिम्बू, सचिव अशोककुमार नाल्बो, सहसचिव खिलबहादुर खड्का तथा कोषाध्यक्षमा चन्द्र पालुङ्वा पदाधिकारी टिम रहेको छ ।

यस्तै, सदस्यहरुमा ध्रुवहाङ राई, पदम बहादुर तुम्बाहाम्फे, नरबहादुर लिम्बू, रामकुमार राई, तीर्थ लिबाङ लिम्बू, जागेश्वर महतो, कमल मियाँ, किसानकुमारी लिम्बू, ज्योति हाङस्रोङ लिम्बू, मोहम्मद अतिस, नरेन्द्र सम्बाहाम्फे, सेविकादेबी लिम्बू र फुलनदेबी चौधरी रहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।