एउटै पातले परिवारलाई पुग्ने स्वर्गद्वारीको ‘पास्सी रायो’, घाँसको भारी जस्तै बोकेर ओसारिन्छ
प्युठान । प्युठान स्वर्गद्वारी आश्रममा फल्ने ‘पास्सी रायो’ साग अहिले चर्चामा छ ।
यहाँको हावापानी र गाईको गोबर मलले गर्दा सप्रिने यो सागको एउटै पात ५–७ जनाको परिवारलाई खान पुग्ने गरी ठुलो हुन्छ ।
१९ रोपनीमा खेती गरिएको यो साग टिपेर ओसार्दा घाँसको भारी जस्तै देखिन्छ ।
आश्रमको मेसमा दैनिक प्रयोग हुने यो साग, स्थानीय बासिन्दाले गाईको खरसँग साटेर कोसेलीका रूपमा लैजाने परम्परा पनि कायमै छ ।


