मोरङको मगलबारेमा यसरी ठोकियो बस र स्कुटर
मोरङ , २८ मसिर । मोरङको मगलबारेमा एका बिहानै दुर्घटना भएको छ ।
बिहान करिव ८:३० बजेको समयमा काकरभिट्टा देखि धरान छुटेको पुर्वी नेपाल यातायातको मे १ प ३०७१ नम्बरको बस र सोही दिशाबाट आईरहेको प्रदेश-१-०२- ०५८ प ३५२० नम्बरको स्कुटर एक आपसमा ठोक्किदा स्कुटरमा क्षती पुगेको अस्थायी प्रहरी चौकी मगलबारेले जनाएको छ ।
मगलबारे स्थित पस्चिम बस स्टेण्डमा बस रोक्ने क्रममा स्कुटर बसको पछाडी पट्टीको भागमा ठोक्कीएको प्रतक्ष दर्शिहरुले बताएका छ्न ।
प्रतक्ष दर्शिहरुका अनुसार मगलबारेको बस स्टेण्डमा रोकिने बस हरु स्टेण्ड भित्र बस रोक्नु भन्दा पनि सडक किनारमै रोक्ने र यात्रु ओर्लाल्ने र चढाउने गरेका कारण दुर्घटना हुने गरेको बताउछन ।
दुर्घटनामा परी उर्लाबारी-३ मगलबारेका किरण लिम्बु सामान्य घाईते भएका छन भने स्कुटरको अगाडी पट्टीको भागमा क्षती पुगेको छ ।
बसलाई अस्थायी प्रहरी चौकीको समन्वयमा स्कुटर बनाउने सर्तमा छोडीएको बताईएको छ ।स्रोत-पूर्वी प्रेस


