मोरङमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु, एकजना घाइते

मोरङ । मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

हिजो (शनिवार) साँझ अन्दाजी ७:३५ बजे विराटनगरबाट विराट चौक तर्फ आउँदै गरेको प्रदेश १–०२–०४५ प ३१४१ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ हिँडिरहेका पैदल यात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा नामथर वतन नखुलेका अन्दाजी ५० वर्षका, पहाडी मुलुक जस्तो देखिने पुरुषको टाउकोमा चोट लागेको थियो र अवस्था मध्यम रहेको थियो।

घाइतेलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम अस्पताल पठाइएको थियो। अस्पतालमा चिकित्सकले जाँच गर्दा पैदल यात्रीलाई साँझ ८ः०७ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

साथै मोटरसाइकलको पछाडि सवार जोसिन तिगाको छोरी अन्दाजी १७ वर्षीया जिया तिगालाई भित्री चोट लागेको र अवस्था मध्यम रहेको जनाइएको छ।

घटनापछि प्रहरी चौकी झोराहाटबाट प्रहरी टोली खटिएर मोटरसाइकल र चालक सोही ठाउँ बस्ने अन्दाजी १८ वर्षीय इसान पौडेललाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।