कोशीमा प्रतिबन्धित औषधी र ब्राउन सुगर सहित ८ जना पक्राउ

विराटनगर, मंसिर २८ गते । झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित औषधी र ब्राउन सुगर सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंसिर २७ गते इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा दमक-५ का रण बहादुर मगरलाई २ ग्राम २२० मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । चेकजाँचकै क्रममा प्रहरी चौकी कर्सियाले धनपालथान गाउँपालिका-२ का राजिव चौधरी र सियाराम चौधरीलाई १३ ग्राम ३१ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

यसै गरी उदयपुरको प्रहरी चौकी लालपत्ताले त्रियुगा नगरपालिका-१३ का ससिकान्त चौधरीलाई ३ ग्राम ३५ मिलिग्राम त्रियुगा-४ का दाबेन्द्र मगर र त्रियुगा-९ का प्रेम चौधरीलाई १० ग्राम ०८९ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

सोही दिन सुनसरीको इलाका प्रहरी कार्यालय लौकहीले कोशी गाउँपालिका-१ स्थितबाट उदयपुरको बेलका नगरपालिका-९ का कमलेश बस्नेतलाई ७ ग्राम १२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने वडा प्रहरी कार्यालय धरानले धरान-१० का निरफुङ बस्नेतलाई प्रतिवन्धित औषधी ट्रमाडोल २३० चक्की र स्पासपेन २० क्याप्सुल सहित नियन्त्रणमा लिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।