मोरङको सुन्दरहरैँचामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
मोरङ । मोरङको सुन्दरहरैँचामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आज बिहान ०५ः४५ बजे सुन्दरहरैँचा नगरपालिका–६ गौरीगाउँस्थित भित्री सडक खण्डमा दुर्घटना हुँदा सहचालकको मृत्यु भएको हो ।
लाइटिङ बोर्डिङ स्कुलबाट गछिया खोलातर्फ जाँदै गरेको को १ त ६४५८ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।
दुर्घटनामा ट्याक्टरका सहचालक सोही स्थान बस्ने २६ वर्षीय अतीत राई घाइते भएका थिए। घाइते राईलाई उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएकोमा उपचारकै क्रममा बिहान ०७ः१५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनाबारे सोही अस्पतालमा कार्यरत प्रहरी कर्मचारीले इलाका प्रहरी कार्यालय बेलबारीमा जानकारी गराएपछि प्रहरी चौकी गछियाबाट प्रहरी नायब निरीक्षकको टोली घटनास्थलमा खटिएको थियो।


