लिम्बुवान सहित दस जाेड एक प्रान्त स्थापनाका लागि एकताबद्ध हुन आह्वान

उर्लाबारी । लिम्बुवानसहितको दस जोड एक प्रान्त स्थापना गर्न एकजुट होऔं” भन्ने नाराका साथ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा आबद्ध संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपालको छैटौं मोरङ जिल्ला अधिवेशन शनिबार उर्लाबारीस्थित पूर्वाञ्चल बौद्ध गुम्बामा सम्पन्न भएको छ ।

अधिवेशनका प्रमुख अतिथि मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ रहेका थिए । प्रमुख अतिथि लिङ्देनले शुभकामना मन्तव्य दिँदै संघीयताको वास्तविक कार्यान्वयन, पहिचानमा आधारित प्रदेश संरचना र लिम्बुवानसहितको १०+१ प्रान्तीय संरचना स्थापना मञ्चको मूल एजेन्डा भएको स्पष्ट पारेका छन् । संघीयता स्थापनाका क्रममा भएका राजनीतिक संघर्ष, शहीदहरूको बलिदान र ऐतिहासिक आन्दोलनलाई स्मरण गर्दै उनले अझै पनि संघीयताको मर्म नबुझेका शक्तिहरू सक्रिय रहेको बताएका छन् ।

उनले शिक्षा सुधार अभियानलाई तीव्र बनाउनु पर्ने आवश्यकता औंल्याउँदै नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय देश भएकाले १२३ भन्दा बढी भाषा बोल्ने समुदायको पहिचान र स्वाभिमान सुनिश्चित गर्नु राज्यको दायित्व भएको उल्लेख गरेका छन् । पहिचान, अधिकार र स्वशासन सुनिश्चित गर्ने लक्ष्यसहित संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च निरन्तर संघर्षरत रहेको उनको भनाइ थियो ।

अधिवेशनमा मञ्चका वरिष्ठ उपाध्यक्ष तथा प्रान्तीय मञ्चका केन्द्रीय सदस्यहरू सुभाङ चेम्जोङ, गोपाल पौडेल, डिल्ली जबेगु लिम्बू, धनप्रसाद साम्वा लगायतले शुभकामना मन्तव्य राख्दै वर्तमान राष्ट्रिय राजनीतिमा परिवर्तन आएको उल्लेख गरेका छन् । उनीहरूले राष्ट्र र राष्ट्रियताको हितका लागि जुझारु नेतृत्व आवश्यक रहेको तथा संगठन विस्तारमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

वरिष्ठ उपाध्यक्ष ज्ञानु इम्बुङ लिम्बूले पुराना दलहरूले सबै जातजातिलाई समेट्ने नीति तथा कार्यक्रम ल्याउन नसकेको आरोप लगाउँदै पहिचान र समावेशिताको स्पष्ट एजेन्डा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग मात्र रहेको दाबी गरेका छन् । एकात्मक शासन व्यवस्था असफल भइसकेको भन्दै उनले संघीय राज्य व्यवस्था नै नेपालको आवश्यकता भएको बताएका छन् ।

कार्यक्रममा प्रान्तीय सचिव तथा लिम्बुवान भोलिन्टियर कमान्डर गणेश लिम्बूले लिम्बुवानको मुद्दा बेवास्ता गर्ने समूहहरूको राजनीतिक अवस्था कमजोर बन्दै गएको टिप्पणी गरेका छन् । उनले केवलकारका नाममा भइरहेको सांस्कृतिक हस्तक्षेपप्रति आपत्ति जनाउँदै १०+१ प्रान्त प्राप्ति नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिए ।

त्यसैगरी प्रान्तीय मञ्चका सचिव ध्रुव लाओतीले विभिन्न भाषा र जातिका समुदाय पछाडि पारिनु अन्याय भएको उल्लेख गर्दै पहिचानको मुद्दा निरन्तर बोक्ने शक्ति संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च मात्र भएको बताएका छन् । ‘हामी पद होइन, मुक्ति खोजिरहेका छौं,’ उनले भने ।

अधिवेशनमा विभिन्न पार्टी परित्याग गरी मञ्चमा प्रवेश गर्ने नवप्रवेशीहरूलाई स्वागत गरिएको थियो भने जिउँदो सहिद तथा प्रान्तीय सदस्य दुर्गा वनेमलाई सम्मान गरिएको थियोे । सभामा संघीय सल्लाहकार थीरबहादुर लावतीलगायतका नेताहरूले पनि आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमको सञ्चालन जिल्ला सचिव मुक्साङ लिम्बूले गरेका थिए भने सभापतित्व कायम मुकाम अध्यक्ष रामकुमार खुदाङले गरेका थिए । अधिवेशनले संगठन सुदृढीकरण, राजनीतिक चेतना अभिवृद्धि र आगामी संघर्षका कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउने निर्णयसमेत गरेको छ । सप्तकोशीपूर्वका ९ जिल्लालाई आफ्नो कर्मथलो मान्दै आएको संघीय लिम्बुवानको मुख्य राजनीतिक दल संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको चुनाव चिह्न दाप सहितको खुकुरी रहेको छ। उक्त दल निर्वाचन आयोगमा दर्ता समेत भइसकेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।