संखुवासभामा कुटपिटपछि श्रीमतीको हत्या गरी गाडेको आरोपमा श्रीमान् पक्राउ

खाँदबारी । संखुवासभामा कुटपिटपछि श्रीमतीको हत्या गरी शव गाडेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा मादी नगरपालिका–३ का ४९ वर्षीय प्रेम दोर्ची शेर्पा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार मिति २०८२/०८/०९ गते राति करिब १०:३० बजेको समयमा मादी नगरपालिका–४ ओखरबोटे बजारबाट घर फर्किने क्रममा प्रेम दोर्ची शेर्पा र उनकी ३७ वर्षीया श्रीमती मिना शेर्पाबीच सामान्य विषयमा विवाद भएको थियो। सोही विवादका क्रममा बाटोमै कुटपिट गर्दा मिना शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि प्रेम दोर्ची शेर्पाले आफ्नी श्रीमती बाटोबाटै आफैं हिँडी बेपत्ता भएको भन्दै प्रहरी चौकी मादी मङ्गलबारेमा हुलिया निवेदन दिएका थिए। तर खोजतलास तथा सोधपुछका क्रममा उनिमाथि शंका लागेपछि कडाइका साथ सोधपुछ गर्दा उनले श्रीमतीको हत्या गरेको स्वीकार गरेका थिए।

प्रहरीका अनुसार हत्या पश्चात सोही रात मादी नगरपालिका–३ स्थित आफ्नै अलैँची बारीमा खाडल खनी शवलाई त्रिपालमा बेरी गाडेको बयान दिएका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय चैनपुर, संखुवासभाबाट प्रहरी निरीक्षक पर्शुराम राईको कमाण्डमा खटिएको अनुसन्धान टोलीले उत्खनन गर्दा जमिन मुनि त्रिपालले बेरेको अवस्थामा सडिगलेको महिलाको शव फेला परेको थियो।

घटनामा संलग्न प्रतिवादी प्रेम दोर्ची शेर्पालाई मिति २०८२/०८/२७ गते पक्राउ गरी मिति २०८२/०८/२८ गते सम्मानित संखुवासभा जिल्ला अदालत, चैनपुरबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरिएको छ। हाल इलाका प्रहरी कार्यालय चैनपुरबाट घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।