विराटनगरमा जारी अन्तर स्कुल क्रिकेटमा आदर्श र सरस्वती क्वाटरफाइनलमा प्रवेश

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा मेरिलेवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा चौथो विराटनगर हव अन्तर स्कुल क्रिकेट प्रतियोगितामामा आदर्श स्कुल र सरस्वती स्कुल विजयी भइ क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको पहिलो खेलमा आदर्श स्कुलले गौतमबुद्ध स्कुललाई ६१ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको आदर्शले निर्धारित २० ओभरको खेलमा १८ दशमलव ५ बलमा सवै विकेट गुमाई १ सय ५२ रनको योगफल तयार पारेको थियो । आदर्शका आतिफ रैनले ३७ रनको योगदान दिए । गौतमबुद्धका सिद्धार्थ राजवंशीले ३ विकेट लिँदा कोशीक साहले पनि ३ विकेट लिए ।

जवाफमा १ सय ५३ रनको लक्ष पछ्याएको गौतमबुद्धले १७ दशमलव ५ बलमा सवै विकेटको क्षतिमा ९१ रनमा सिमित भयो । गौतमबुद्धका सिद्धार्थ राजवंशीले सर्वाधिक २८ रनको योगदान दिए । आदर्शका प्लेयर अफ म्याच गोरभ राँयले ४ विकेट लिँदा नन्दनल झाले ३ विकेट लिए ।

दोस्रो खेलमा सरस्वती स्कुलले विनायक स्कुललाई ८ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको विनायकले निर्धारित २० ओभरको खेलमा सवै विकेट गुमाई ४२ रनको झिनो योगफल तयार पारेको थियो । विनायकका अमन पोद्धारले सर्वाधिक १३ रनको योगदान दिए । सरस्वतीका प्लेयर अफ म्याच दिगाम्बर यादवले सर्वाधक ४ विकेट लिए ।

जवाफमा ४३ रनको झिनो लक्ष पाएको सरस्वतीले ७ ओभरमा २ विकेटको गुमाई सो विजयी लक्ष भेट्टाएको थियो । सरस्वतीका विकाश कामतले अविजित १६ रनको योगदान दिए । विनायकका शिभम पासवानले १ विकेट दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।