विराटनगरमा जारी अन्तर स्कुल क्रिकेटमा ग्रिनपिस र सरस्वती सेमिफाइनलमा प्रवेश

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा मेरिलेवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा चौथो विराटनगर हव अन्तर स्कुल क्रिकेट प्रतियोगितामामा ग्रिनपिस स्कुल र सरस्वती स्कुल विजयी भइ सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको पहिलो क्वाटरफाइनल खेलमा ग्रिनपिस स्कुलले ग्रिनल्याड स्कुललाई ५ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको ग्रिनल्याण्डले निर्धारित २० ओभरको खेलमा १७ दशमलव २ बलमा सवै विकेट गुमाई ९२ रनको योगफल तयार पारेको थियो । ग्रिनल्याण्डका प्रिन्स यादवले १९ रनको योगदान दिए । ग्रिनपिसका प्लेयर अफ म्याच मेराज शैखले ३ विकेट लिँदा महमद समिमले पनि ३ विकेट लिए ।

जवाफमा ९३ रनको लक्ष पछ्याएको ग्रिनपिसले १० दशमलव ५ बलमा ५ विकेटको क्षतिमा सो लक्ष पार गरेको थियो । ग्रिनपिसका महमद मफुजले सर्वाधिक १८ रनको योगदान दिए । ग्रिनल्याण्डका इवान राईले २ विकेट लिए ।

दोस्रो खेलमा सरस्वती स्कुलले आदर्श स्कुललाई ६ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको आदर्शले निर्धारित २० ओभरको खेलमा १४ दशमलव ५ बलमा सवै विकेट गुमाई ५७ रनको झिनो योगफल तयार पारेको थियो । आदर्शका आरिफ रैनले सर्वाधिक १४ रनको योगदान दिए । सरस्वतीका प्लेयर अफ म्याच सुरज मण्डलले सर्वाधक ४ विकेट लिए ।

जवाफमा ५८ रनको झिनो लक्ष पाएको सरस्वतीले ११ दशमलव २ बलमा ४ विकेटको गुमाई सो विजयी लक्ष भेट्टाएको थियो । सरस्वतीका विकाश कामतले ११ रनको योगदान दिए । आदर्शका धनन्जय सहनीले ३ विकेट दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।