ग्रिनपिस र अर्किड स्कुल अन्तर स्कुल क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

विराटनगर । ग्रिनपिस स्कुल र अर्किड स्कुल चौथो विराटनगर हव अन्तर स्कुल क्रिकेट प्रतियोगितामाको सेमिफाइनलमा प्रवेश गरेको छ ।

नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा मेरिलेवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा ग्रिनपिस स्कुलले डिएभी स्कुललाई २ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको डिएभीले निर्धारित २० ओभरको खेलमा १९ दशमलव ३ बलमा सवै विकेट गुमाई १ सय १६ रनको योगफल तयार पारेको थियो । डिएभीका प्रभान्स कर्णले ४० रनको योगदान दिए । ग्रिनपिसका समिमले पनि ३ विकेट लिए ।

जवाफमा १ सय १७ रनको लक्ष पछ्याएको ग्रिनपिसले १६ दशमलव ५ बलमा ८ विकेटको क्षतिमा सो लक्ष पार गरेको थियो । ग्रिनपिसका साकिर आलमले २९ रन जोड्दा प्लेयर अफ म्याच आमिर रैनले अविजित २१ रनको योगदान दिए । डिएभीका अन्स अग्रवालले ४ विकेट लिए ।

चौथोे क्वाटरफाइनल खेलमा अर्किड स्कुलले विकेभिएम स्कुललाई १४ रनले पराजित गरेको छ । टस आरेर ब्याटिङ गरेको अर्किडले निर्धारित २० ओभरको खेलमा १९ दशमलव ४ बलमा सवै विकेट गुमाई १ सय २२ रनको योगफल तयार पारेको थियो । अर्किडका प्लेयर अफ म्याच प्रेम कामतले सर्वाधिक ५३ रनको योगदान दिए । विकेभिएमका जितेन्द्र यादवले ३ विकेट लिए ।

जवाफमा १ सय २३ रनकोे लक्ष पाएको विकेभिएमले पुरै ओभर खैल्दै ९ विकेट गुमाई १ सय ८ रन मात्र बनाउन सक्यो । विकेभिएमका विवेक यादवले ३७ रनको योगदान दिए । अर्किडका प्रेम कमतले २ विकेट लिँदा सुजन यादव, अभय कामत र अन्सु कामतले पनि २–२ विकेट लिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।