विराटनगर महानगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु , मार्चपासमा आदर्श प्रथम

विराटनगर । विराटनगर महानगरपालिका स्तरीय १८ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता- २०८२ सुरु भएको छ। आज विराटनगरस्थित शहीद रंगशालामा विराटनगर महानगरपालिकाको आयोजना तथा एभरेष्ट माध्यमिक विद्यालयको संयोजनमा प्रतियोगिता सुरु भएको हो।

प्रतियोगिताको उद्घाटन गर्दै विराटनगर महानगरपालिकाका प्रमुख एवम् प्रतियोगिता निर्देशन समितिका संयोजक नागेश कोइरालाले रनिङ शिल्डमा महानगर भित्रका सामुदायिक र संस्थागत विद्यालयको आकर्षण बढ्नु खेलकुद क्षेत्रका लागि सुखद भएको बताउनु भयो। उहाँले रनिङ शिल्ड जस्ता प्रतियोगिताले खेलाडी उत्पादनमा समेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै खेलकुदले विद्यार्थीहरूमा अनुशासन र प्रतिस्पर्धाप्रति सकारात्मक धारणा विकसित गर्नेमा आशावादी रहेको धारणा व्यक्त गर्नु भएको थियो।

प्रमुख कोइरालाले प्रतियोगिताको संयोजन गरेकोमा एभरेष्ट माध्यमिक विद्यालयप्रति धन्यवाद समेत व्यक्त गर्नु भएको थियो।

उद्घाटन कार्यक्रममा प्रतियोगिताको संयोजन गरिरहेको एभरेष्ट माविका प्राचार्य टिकाराम पुरीले राष्ट्रपति रनिङ शिल्ड विद्यार्थीहरूले प्रतिभा प्रदर्शन गर्ने थलोको रुपमा विकसित भएको बताउनु भएको थियो। उहाँले २१ औँ शताब्दीको शिक्षामा सीप, प्रविधि र संस्कारलाई जोड्न अत्यावश्यक रहेको भन्दै खेलकुदले अनुशासनको विकास गर्दै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नु भएको थियो।

प्राचार्य पुरीले महानगरका विद्यालयहरूले एभरेष्टप्रति विश्वास गर्दै प्रतियोगिताको संयोजन गर्ने जिम्मेवारी दिएकोमा आभार व्यक्त गर्नु भएको थियो।

मार्चपासमा आदर्शलाई पहिलो स्थान

प्रतियोगिताको पहिलो दिन प्रतियोगितामा सहभागी विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रदर्शन गरेको मार्चपासमा आदर्श माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गर्न सफल भएको थियो। त्यस्तै, दोस्रो स्थानमा पूर्वाञ्चाल विद्या सदन माध्यमिक विद्यालय र तेस्रो स्थान पोखरिया माध्यमिक विद्यालयले प्राप्त गरेको थियो।

मार्चपासमा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल विद्यालयले प्रमाणपत्र सहित क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद प्राप्त गरेका थिए।

पुस ९ देखि ११ गते सम्म सञ्चालन हुने प्रतियोगितामा विराटनगर महानगरपालिकामा अवस्थित ६१ वटा विद्यालयका १ हजार ५ सय २५ जना विद्यार्थीको सहभागिता रहने छ भने प्रतियोगितामा छात्र को ६६ र छात्राको ६६ गरेर १३२ वटा पदकका लागि भलिबल, कबड्डी, तेक्वान्दो, उसु, मार्सल आर्ट लगायत ट्रयाक र फिल्ड खेलहरूमा प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताका खेलहरू विराटनगरस्थित शहीद रङ्गशाला, रङ्गशालाको कभर्डहल र फ्युजन तेक्वान्दो तालिम केन्द्रमा हुनेछन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।