विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा राष्ट्रिय क्रिकेट खेलाडी मिनस थापाको मृत्यु
विराटनगर । विराटनगरमा बिहीबार बिहान मोटरसाइकल दुर्घटनामा परी क्रिकेटका राष्ट्रिय खेलाडी मिनष थापाको मृत्यु भएको छ।
विराटनगर–४ स्थित भित्री सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका थापालाई कोशी अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषित गरेका थिए।
विराटनगर–५ निवासी थापा कोशी प्रदेशबाट करिब ९ वर्षदेखि राष्ट्रिय क्रिकेट खेल्दै आएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


