बालेन साह सहित २६ जना रास्वपाको केन्द्रीय सदस्यमा अनुमोदित

काठमाडौ । युवा नेता सागर ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भएको औपचारिक संकेत दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भावनात्मक स्टाटसमा जीवनमा पहिलोपटक मनले पत्याएको पार्टी रास्वपा भएको उल्लेख गर्दै आफ्नो राजनीतिक यात्रामा नयाँ मोड आएको संकेत गरेका हुन्।

स्टाटसमा ढकालले राजनीति केवल पद र शक्तिको विषय नभई आस्था, विश्वास र दीर्घकालीन सोचसँग जोडिनुपर्ने धारणा राखेका छन्। “कालो अँध्यारो कोठामा पनि भगवानको बास हुन्छ भन्ने विश्वास गर्छु” भन्दै उनले कठिन परिस्थितिमा पनि सही उद्देश्य र नियत भए परिवर्तन सम्भव हुने विश्वास व्यक्त गरेका छन्। उनले जानाजानी गल्ती नगर्ने र सकेको प्रयास गर्ने प्रतिबद्धता समेत जनाएका छन्।

ढकालले आगामी २५ वर्षलाई केन्द्रमा राखेर राजनीतिलाई नयाँ दिशामा लैजानुपर्ने आवश्यकता औँल्याएका छन्। उनका अनुसार अबको राजनीति सुन्दर, सक्षम र समृद्ध नेपाल निर्माणको लक्ष्यसहित अघि बढ्नुपर्छ। यसका लागि ठूलो सोच, दीर्घकालीन दृष्टि र पुस्तागत उत्तरदायित्व आवश्यक रहेको उनको भनाइ छ।

उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर “मेरो देश” भनेर सोच्नुपर्ने समय आएको उल्लेख गर्दै देशको कायापलट गर्न सबै मिलेर अघि बढ्नुपर्ने आह्वान गरेका छन्। परिवर्तन सजिलो नहुने र यसका लागि समय लाग्ने स्वीकार गर्दै उनले धैर्य, एकता र साझा प्रयास अपरिहार्य रहेको बताएका छन्।

सागर ढकालको रास्वपातर्फको यो कदमलाई वैकल्पिक राजनीतिमा युवाहरूको आकर्षण बढ्ने संकेतका रूपमा हेरिएको छ। पछिल्लो समय नयाँ राजनीतिक धारका रूपमा उदाउँदै गएको रास्वपामा युवा नेतृत्वको सहभागिता थप सशक्त हुँदै गएको सन्दर्भमा ढकालको अभिव्यक्तिले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ। समर्थकहरूले यसलाई परिवर्तनको यात्रामा अर्थपूर्ण कदम भन्दै स्वागत गरेका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।