लेटाङ नगरपालिकाबाटै अब कर सेवा, दमक आन्तरिक राजश्व कार्यालयसँग सम्झौता

लेटाङ, २१ पुस । करदातालाई स्थानीय तहबाटै सेवा उपलब्ध गराउने उद्देश्यले लेटाङ नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच कर सेवा सहजीकरणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।

समझदारीअन्तर्गत अब लेटाङ नगरपालिकाबाटै स्थायी लेखा नम्बर (PAN), व्यावसायिक PAN, कर चुक्ता प्रमाणपत्र तथा आयकर, VAT र अन्तःशुल्कसम्बन्धी सेवाहरू प्रदान गरिनेछ।

सम्झौतामा आन्तरिक राजश्व कार्यालय दमकका प्रमुख कर अधिकृत केशव रघुवंशी र लेटाङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशी राईले हस्ताक्षर गर्नुभएको हो।

स्थानीय तहबाटै सेवा उपलब्ध भएपछि करदाताको समय र खर्च बचत हुने, सेवा प्रवाह छरितो र पारदर्शी हुने तथा कर प्रशासन सुदृढ हुने विश्वास लिइएको छ।-लेटाङ खबर

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।