उदयपुरको त्रियुगामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यू, २ घाईते
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ०७ होक्से स्थित मदन भण्डारी लोकमार्गमा होक्सेबाट चुहाडे तर्फ आउँदै गरेको ट्याक्टर (सिमेण्ट घोल्ने मिक्चर मेसिन जडान भएको छ ।
आफै ओरालोमा अनियन्त्रित भई दुर्घटना हुँदा सोही ट्याक्टरमा सवार २ जनाको मृत्यू, २ जना घाईते भएका छन् ।
दुर्घटनामा पश्चात ट्याक्टर चालक त्रियुगा न.पा. वडा नं. ०६ बगरटोल बस्ने वर्ष अं. ३० को बिलेतिय भन्ने मनोज साह घटनास्थलबाटै फरार रहेकोले निजको खोजतलास भइरहेको साथै उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।


