१३ दिनदेखि बेपत्ता टंकमाया मृत फेला
सिन्धुली । सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नम्वर ३ राम्चे स्थित कोलबोटेकी बेपत्ता महिलाको १३ दिनमा शब फेला परेको छ ।
स्थानिय ५३ बर्षिय टंकमाया बुढाथोकीको श ब फे ला परेको हो । श ब घर देखि पुर्व पट्टी दारे गौडाको ठूलो खर बारी मुनीको बाँसको झ्यांगमा फेला परेको वडा अध्यक्ष लाल बहादुर स्याङ्तानले जानकारी दिए ।
शब कुहिएको अवस्थामा फेला परेको उनको भनाई छ ।


