इटहरीमा ग्यास सिलिन्डर विस्फोट हुँदा आगलागी

इटहरी । इटहरी ६ स्थित आइतबारेमा मंगलबार (आज) बिहान आगलागी हुँदा पाँच वटा पसलमा क्षति भएको छ ।

इटहरी उपमहानगरपालिकाको दमकल जेनजी आन्दोलनमा आगजनी हुँदा प्रयोगविहीन अवस्थामा रहँदा आगो झनै फैलिन पुगेको र ग्यास सिलिन्डर विस्फोटले अवस्था जटिल बनेको प्रहरीले जनाएको छ।

बिहान करिब ४ः४५ बजेतिर सेवारो फ्रेस हाउसमा विद्युत् सर्ट भएर सुरु भएको आगोले आसपासका पसलहरूमा तीव्र रूपमा फैलिँदै पाँच वटा पसलमा क्षति पुर्‍याएको हो।

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालका अनुसार आगलागीका क्रममा फ्रेस हाउसमा रहेका तीन वटा ग्यास सिलिन्डर पड्किएपछि आगो नियन्त्रण बाहिर गएको थियो।

आगो फैलिँदा सेवारो फ्रेस हाउस र खड्का फ्रेस हाउस पूर्णरूपमा जलेर नष्ट भएका छन्।

सेवारो फ्रेस हाउसमा करिब दुई लाख र खड्का फ्रेस हाउसमा करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।

खड्का फ्रेस हाउसका दुई वटा सटर र सटरभित्र राखिएको एक थान मोटरसाइकल समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

यसैगरी नमस्ते फ्रेस हाउस, पूर्वाञ्चल फ्रेस हाउस र गणेश सब्जी पसलमा आंशिक क्षति पुगेको छ।

नमस्ते फ्रेस हाउसमा करिब एक लाख १० हजार, गणेश सब्जी पसलमा करिब ८० हजार र पूर्वाञ्चल फ्रेस हाउसमा करिब पाँच हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

ती पसलका सामानहरू प्रहरी र नेपाली सेनाले समयमै बाहिर निकालेकाले ठूलो क्षति हुनबाट जोगिएको डीएसपी हमालले जानकारी दिए।

इटहरी उपमहानगरपालिकाको दमकल जेनजी आन्दोलनका क्रममा जलेर प्रयोगमा नरहेकाले धरान, झुम्का र दुहबीबाट आएका दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको थियो।

मेजरको नेतृत्वमा रहेको नेपाली सेना र डीएसपी हमालको नेतृत्वमा रहेको प्रहरी टोलीले संयुक्त रूपमा करिब दुई घण्टापछि आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।-टाकुरा न्यूजबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।