लागूऔषध सहित युवायुवती होटलको कोठामा पक्राउ

दमक, २२ पुष । झापाको दमक–८ स्थित एक होटलको कोठाबाट प्रतिबन्धित लागूऔषधसहित तीन जना युवायुवतीलाई प्रहरीले पक्राउ गरेको छ। लागूऔषध कारोबार हुँदै आएको भन्ने गोप्य सूचनाका आधारमा गरिएको छापामार अभियानका क्रममा उनीहरूलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

पक्राउ पर्नेहरूमा मोरङको मिक्लाजुङ–३ की १९ वर्षीया मोनिका राई, दमक–१ का २६ वर्षीय सुरज कुमाल र ३१ वर्षीय कृष्णबहादुर श्रेष्ठ रहेका छन्। सोही कोठाबाट नगद ३३ हजार रुपैयाँसँगै खैरो हेरोइन जस्तो देखिने ६ ग्राम ७८० मिलिग्राम पदार्थ समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद सामग्रीसहित पक्राउ परेका उनीहरूलाई लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरी इलाका प्रहरी कार्यालय दमकमार्फत आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। प्रहरीले यस घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।