कोशीको नयाँ स्वास्थ्य मन्त्रीमा मानबहादुर लिम्बु
विराटनगर । कोशी प्रदेशको स्वास्थ्यमन्त्रीमा मानबहादुर लिम्बु नियुक्त भएका छन् । मंगलबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् पुर्नगठन गर्दै लिम्बुलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
नवनियुक्त मन्त्री लिम्बु नेपाली कांग्रेसको तर्फबाट मोरङ क्षेत्र नं. ३ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । एमाले–कांग्रेसको नयाँ सत्ता समीकरणअनुसार उनी सरकारमा सहभागी भएका हुन् ।
मुख्यमन्त्री कार्कीले मंगलबार १० जना नयाँ मन्त्री तथा राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् पुर्नगठन गरेका छन् । योसँगै कोशीको क्याबिनेट ११ सदस्यीय बनेको छ ।


