विराट आदर्श साहित्य मञ्चको अध्यक्षमा पुनः कटवाल दीपक चयन

विराटनगर । विराट आदर्श साहित्य मञ्चको अध्यक्षमा पुनः कटवाल दीपक चयन भएका छन् । आइतबार विराटनगरमा भएको सातौँ राष्ट्रिय महाधिवेशनबाट कटवाल सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।

यसैगरी उपाध्यक्षमा माधव काफ्ले र सुस्मिता रेग्मी, सचिवमा जिवन निरौला, सह–सचिवमा आभाष कोइराला, विनीता खत्री, कोषाध्यक्षमा नगेन्द्र खड्का, सह–कोषाध्यक्षमा रामचन्द्र मेहता चयन भएका छन् ।

यस्तै मिडिया संयोजकमा मोहन ढकाल चयन भएका छन् । सदस्यहरूमा आशिका कटवाल, अजय मण्डल, स्वस्तीका मल्ल, एलिसा गुरुङ, अर्चना थापा, आकृती फुयल र एलिजा ठाकुर चयन भए ।

यसैगरी सविता बाँस्तोला, सुवास शाह, हिमाल पोख्रेल, श्रीजेस कट्टेल, लकेश दंगाल, सन्दिप बराल, सन्तोष मेहता, नमुना आचार्य, आमोस राई र एलिसा गुरुङ पनि सदस्यमा चयन भएका छन् ।

मञ्चको सल्लाहकारमा भेषराज पोख्रेल, प्रम सुवाल, इन्द्र राई, रोहितजंग थपलिया र अर्जुन बस्नेत चयन भएका छन् । उनीहरूलाई प्राज्ञ विवस पोख्रेल, प्राज्ञ गंगा सुवेदी, मंचका संरक्षक मीनकुमार नवोदित लगायतले निर्वाचित भएको परिचय पत्र प्रदान गरेका थिए । कार्यक्रमका वक्ताहरूले मञ्चले गर्दै आएका गतिविधिको प्रशंसा गर्दै आगामी दिनमा थप काम गर्न सुझाव दिएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।