“चाकु नेवा: समुदायको अर्गनिक चक्लेट”

सचिन्द्र श्रेष्ठ । नेवार समुदायमा चाकूको बिशेष महत्व रहेको हुन्छ।नङ्ग र मासुको सम्बन्ध भने पनि हुन्छ।परम्परा देखि मानी आएको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको चाड पर्बमा चाकुको माग अझ नेवार समुदायमा यःमरी पुन्ही देखिनै सुरु भएको हुन्छ । नेवाःहरुको मौलिक परिकार यःमरी बनाउन विशेष गरेर चाकूनै बढ़ी प्रयोग हुने गर्दछ र अन्य तत्व समेत राख्ने गरिन्छ।

यःमरि पुन्हीमा तिल, चाकु,लटे र खुवा राखेर चामलको पिठोबाट बनाइएको विशेष प्रकारको परिकार ‘यःमरि’ हो।तसर्थ चाकु नभई नहुने तत्व भन्दा पनि फरक पर्दैन।नेवार समुदायका अधिकांश खानेकुरा ऋतुसँग अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ ।

मकर सक्रांतिमा पनि नेवार समुदायमा यस दिन देशभर घ्यू, चाकु, तरुल, तिलको लड्डु जस्ता पौष्टिक खाद्य पदार्थ खाएर माघे संक्रान्ति पर्व मनाउने गरिन्छ र नेवा:हरुले ‘घ्यू चाकु सँल्हु’भनेर पनि भन्ने चलन छ।यस माघे संक्रान्तिमा समयबजीका रुपमा चिउरा, पोलेको मासु, साँधेको भटमास, अदुवा राखेर खाने चलन छ ।

त्यसैले चाकुले चिसो फालेर शरीरलाई ताप र ऊर्जा दिने पौस्टिक आहारको रुपमा लिने गरिन्छ।अझ भन्नु पर्दा नेवा:समाजमा बच्चा जन्मे देखि मर्ने बेला सम्म यसको प्रयोग हुने गर्दछ।

प्राचीनकालमा बाक्लो लुगा सजिलै नपाइने हुँदा जाडो याममा बालबालिका, वृद्धवृद्धा र सुत्केरीलाई चिसोले चाँडो समाउँने हुदा त्यस बखत उखुको प्रशस्त खेती पनि हुनुले सहज सख्खर चाकु पाइने भएर पनि चाकु खादा चिसो छिट्टै हटने भएकोले चाकु खाने गरिएको बताइन्छ।

पौष/ माघ महिनाको चिसोमा चाकु खाँदा शरीरमा रोगसँग लड्ने क्षमता वृद्धि हुनुका अलावा काँचो घ्यू र चाकु खाँदा शरीरलाई तापसँगै शक्ति,ऊर्जा प्राप्त हुने मान्यता छ।चाकुमा हुने कालो पदार्थमा अधिक मात्रामा आइरन पाइने हुँदा कमजोर शरिर तथा रक्तअल्पता भएका विरामीको लागि यसले धेरै फाइदा गर्ने चिकित्सक बताउँछन।

अन्य जात जातीको तुलनामा नेवा:हरुले बढी प्रयोग वा उपभोग परम्परागत चाकु हुने भएकाले नेपालका अधिकांश नेवा:बस्तीहरु विशेषगरी काठमाडौंको टोखा, ललितपुरको पाटन,काभ्रेको बनेपा धुलिखेल लगायत क्षेत्रमा चाकुको माग र उत्पादन बढी छ।यसलाई हाम्रो नेपालको अर्गेनिक चक्लेट भने पनि हुन्छ।चाड पर्ब नजिकिएसँग चाकुको उत्पादन र व्यापार बढने गर्दछ।

मुख्य:तय उखु यसको कच्चा पदार्थ हो।आजकल पहाडी भु- भागमा खेती गर्ने चलन हराई सकेको छ।तराईमा भने अझै खेती गरेको पाइन्छ।प्राय:यूबाहरु बिदेश प्रतिको मोहले देशमैं केहि नहुने देखे पछि बिदेसीने परिपाटी बसेको छ।

चाकु बनाउन शुरुमा उखुलाई पेलेर रस निकालिन्छ र उक्त रसलाई पकाएर सख्खर बनाइन्छ ।चाकुलाई बनाउन पहिले पानीमा सख्खर राखि तामाको भाड़ामा आगोमा लामो समयसम्म पकाउने गर्नु पर्दछ। पानी र सख्खर पाकेसँगै ठूलो खुल्ला भाँडोमा राख्नु पर्दछ। तातो सेलाए सँगै त्यसलाई रंग परिवर्तन नहुँदा सम्म फिटी राखने र त्यसलाई तन्काएर ताड्नु पर्छ जसले गर्दा चाकुको रातो रंग आउछ र खानको लागि पनि नरम र स्वादिलो हुन्छ ।

त्यसपछि आफूलाई चाहिने मात्रामा किसकिस, काजु,बदाम, नरिवल मिसाएर केही समय खुल्ला छोड्ने गर्नु पर्दछ वा घरेलु तरिकाले पनि आफूले चाहे अनुसारको आकारमा चाकु तयार गर्न सकिन्छ ।

बिदेश बाट आयातित अन्य चक्लेटको तुलनामा यस चाकुलाई देशमैं ब्यबसायीकारण एब बिदेश निर्यात गर्न सके देशको अर्थतन्त्रमा धेरै फाइदा पुग्ने देखिन्छ।ब्यबसायिक हिसाबले पहिले पहिले साधारण खालको चाकु बनाउने गरिएता पनि अहिले मसलेदार र स्पेसल चाकु बनाउन थालिएको पाइन्छ।त्यसैले चाकुलाई अन्तर्राष्ट्रियस्तरमा समेत अर्गेनिक चक्लेटको रुपमा ‘ब्रान्डिङ’ गर्न आवश्यक देखिन्छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।