धनकुटामा एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार राई विरुद्ध उम्मेद्वारी खारेजीको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी

धनकुटा । धनकुटाबाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार पूर्व मन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य राजेन्द्र कुमार राई विरुद्ध उम्मेद्वारी खारेजीको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।

उम्मेद्वार राईले निर्वाचन आचार संहिता उल्लंघन गरेको आरोप सहित उम्मेद्वारी खारेजीको माग गर्दै उजुरी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटाले जनाएको छ ।

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यमा उम्मेद्वारी दिनु भएका पूर्वमन्त्री राईले मतदातालाई प्रभावित पार्न धनकुटाको सहिदभूमि गाउँपालिकाकी तीर्थ कुमारी राईलाई नगद सहित सम्मान गर्नुभएको आरोप छ । पूर्वमन्त्री राईले शुक्रवार गाउमै पुगेर बासुरी बादक तीर्थ कुमारीलाई दोसल्ला ओढाएर नगद सहित सम्मान गर्नु भएको थियो ।

बांसुरी बादक राईलाई सहिदभूमि गाउपालिका अध्यक्ष तथा एमाले नेता मनोज राईले पनि प्राेत्साहन स्वरुप भन्दै नगद ५ हजार प्रदान गर्नु भएको थियो । उहांको साथमा एमाले नेता तथा कोशी प्रदेश पूर्व राज्य मन्त्री एवं प्रदेश सभा सदस्य निरन राई र सहिदभूमि गापा उपाध्यक्ष रत्नश्वरी राई पनि पुगेका थिए । एमाले उम्मेद्वार राई प्रमुख अतिथि भएर सम्मान कार्यक्रममा सहभागी भएको जानकारी गराएको मुख्य निर्वाचन अधिकृतको कार्यलयका सूचना अधिकारी ईन्द्रकुमार याेङहाङले बताउनु भएको छ ।

सूचना अधिकारी याेङहाङले यो विषयमा आरोपित र उजुरी दिने पक्षलाई बोलाइएको बताउनु भयो । दुई पक्षको छलफल र प्रमाणको आधारमा यस विषयमा निर्णय लिईने उहाको भनाई छ । यो विषयमा निर्वाचन अधिकृत हरिशचन्द्र ईङ्नामबाट बुझ्ने कार्य भईरहेको उहाले बताउनु भएकाो छ । यदि आचार संहिता उल्लंघन भएको पाईए उम्मेद्वारी खारेज सम्मको कारवाही हुने सूचना अधिकारी याेङहाङले बताउनु भयो ।

शर्मिला राई

शर्मिला राई

(राई धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts - Website



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।