झापामा डिजेको बिषयमा दुई पक्षबीच विवाद हुँदा झडप,एक किशोरी घाइते

भद्रपुर । झापाको भद्रपुरस्थित मेची नदी किनारमा सरस्वतीको मूर्ति सेलाउने क्रममा दुई पक्षबीच विवाद हुँदा एक किशोरी घाइते भएकी छन्। गएराति साढे १० बजे डिजे (बाजा) बजाएको विषयलाई लिएर भएको विवादले उग्र रूप लिँदा झडप भएको हो।

​स्थानीयका अनुसार भद्रपुर नगरपालिका-५ मा रहेको मेची नदीमा मूर्ति सेलाएर फर्किने क्रममा मेची किनारका युवाहरूले डिजे बन्द गर्न आग्रह गरेका थिए। सोही विषयमा दुई समूहबीच भनाभन सुरु भई कुटपिटसम्मको स्थिति सिर्जना भएको थियो।

​विवादका क्रममा झिम्की चोक बस्ने कैलाश साहकी १६ वर्षीया छोरी आँचल साह घाइते भएकी छन्। विपक्षी समूहको कुटपिटबाट उनको बायाँ हात, टाउको र शरीरका विभिन्न भागमा भित्री चोट लागेको छ। घाइते किशोरीलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ।

​घटनाको जानकारी पाउनासाथ वडा प्रहरी कार्यालय भद्रपुरको टोली घटनास्थल पुगेको थियो। प्रहरी आएको थाहा पाएपछि झडपमा संलग्न दुवै पक्षका युवाहरू फरार भएका छन्। फरार रहेकाहरूको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
समाचार स्रोत : टाइम अफ प्रदेश

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।