बालेन पत्नी सविना झापाको घरदैलोमा
झापा। प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै दलहरुले आफूलाई निर्वाचित केन्द्रित बनाएका छन्। यतिबेला दलहरु उम्मेदवारलाई रिझाउने काममा व्यस्त छ।
प्रतिनिधिसभा निर्वाचनमा यतिबेला सबैभन्दा बढी चर्चामा रहेको झापा पाँचमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले घरदौलो कार्यक्रम सुरु गरेको छ।
यहाँ एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाहबीच प्रतिस्पर्धा हुँदैछ। सोही क्षेत्रमा रास्वपाले आजबाट घरदैलो कार्यक्रम सुरु गरेको हो।
झापा निर्वाचन क्षेत्र नं. ५ अन्तर्गत दमक–९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आयोजनामा सोमबार मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम आयोजना गरिएको हो।


