इटहरीमा खुकुरी देखाएर आतंक मच्चाउने युवक लागूऔषध सहित पक्राउ

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नंम्बर १९ मौलिया बस्ने १८ वर्षीय अविनाश चौधरीलाई खुकुरी देखाउँदै गाउँमा आतङ्क मच्चाइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ।

बाटोमा खुकुरी नचाउँदै स्थानीयलाई त्रसित बनाइरहेको भन्ने सूचनाका आधारमा आइतवार प्रहरी बिट भवानीपुरबाट खटिएको प्रहरी टोलीले चौधरीलाई सोही स्थानबाट नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिई चेकजाँच तथा खानतलासी गर्दा चौधरीको साथबाट खुकुरी १ थान र लागूऔषध ब्राउनसुगर ०.४३ ग्राम (चार सय तीस मिलिग्राम) फेला परेको प्रहरीले जनाएको छ।

बरामद लागूऔषध र खुकुरीसहित चौधरीलाई इलाका प्रहरी कार्यालय इटहरीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।