मोरङ घर भएकी १६ वर्षीया एक बालिकाबाट जन्मिएको एक नवजात शिशुलाई आमाले अस्पतालमै छोडी गएपछि …

मोरंग । मोरंगको लेटाङ नगरपालिका वडा नम्बर ८, मोरङ घर भएकी १६ वर्षीया एक बालिकाबाट जन्मिएको एक नवजात पुरुष शिशुलाई आमाले अस्पतालमै छोडी गएपछि उर्लाबारी नगरपालिका–७ स्थित नमुना बालआश्रममा अस्थायी संरक्षणमा राखिएको छ।

मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, उर्लाबारीले मिति २०८१/१०/११ गते पठाएको पत्र (चलानी नं. ३२४/०८२/०८३) अनुसार मिति २०८१/१०/०९ गते उक्त बालिकाबाट शिशुको जन्म भएको र आमाले शिशुलाई अस्पतालमै छोडेर गएको जानकारी प्राप्त भएको नगरपालिकाले जनाएको छ ।

शिशु बेसहारा भई संरक्षणको आवश्यक अवस्था सिर्जना भएपछि बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ५० को उपदफा (२) बमोजिम तत्काल संरक्षणका लागि नमुना बालआश्रममा अस्थायी रूपमा पठाउने निर्णय गरिएको नगर उप प्रमुख मिना खतिवडा पौडेलले बताइन् ।

यस्तै, अस्थायी संरक्षणमा राखिएका शिशुको दीर्घकालीन व्यवस्थापनका लागि बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ५० को उपदफा (४) बमोजिम नगरपालिकामा सूचीकृत समाजसेवी संस्था ‘नमूना बाल गृह’ लाई अध्ययन गरी वैकल्पिक हेरचाहको व्यवस्था सहित विस्तृत प्रतिवेदन पेश गर्न जिम्मेवारी दिने निर्णय भएको उप मेयर पौडेलले बताईन् ।

त्यसैगरी, शिशुलाई बेवारिसे अवस्थामा छोडी जाने व्यक्तिको खोजी गरी कानुनी दायरामा ल्याउन आवश्यक कारवाहीका लागि प्रकृया अघि बढाईएको उनले जानकारी दिईन् ।

सोमबार उक्त शिशुलाई सुरक्षित संरक्षणका लागि नमुना बालआश्रममा औपचारिक रूपमा हस्तान्तरण गरिएको छ ।-स्रोत:मंगलबारे पेज

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।