सर्लाहीमा पायल्स शल्यक्रियामा किशोरीको मृत्यु, डाक्टर पक्राउ
सर्लाही । सर्लाहीमा पायल्सको शल्यक्रियाको क्रममा १८ वर्षीया हंशु पासवानको मृत्यु भएको छ।
परिवारले डाक्टर रामविनय साहमाथि लापरबाही गरेको आरोप लगाएका छन्।
किशोरीलाई गम्भीर अवस्था भएपछि हरिवनको नमूना अस्पताल लगिँदा चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीले घटनामा संलग्न डाक्टरलाई पक्राउ गरेको छ।


