धनकुटाको साँगुरीगढी स्थित भेडेटारमा चुनावी रणनीति तय गर्न नेपाली कांग्रेसको गाउँपालिका स्तरीय भेला तथा बैठक सम्पन्न
धनकुटा । आगामी फागुन २१ गते हुन लागेकाे प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनावी रणनीति तय गर्न धनकुटाको साँगुरीगढी गाउँपालिका भेडेटारमा नेपाली कांग्रेसकाे गाउँपालिका स्तरीय भेला तथा बैठक बसेकाे छ ।
बैठकले गाउँपालिकाका कार्यसमितिका सभापति नेपाल धनराईको संयोजकत्वमा निर्वाचन मूल परिचालन तथा प्रचार प्रसार समिति गठन गरेको छ । यसैगरी तरुण डिफेन्स फोर्सका संयोजक दिपिन लिम्बुको संयोजकमा साँगुरीगढी गाउँपालिका स्तरीय युवा परिचालन समिति गठन गरेको छ भने पूजन लिम्बुको संयोजकत्वमा महिला परिचालन समिति गठन गरेको छ ।
बैठकले गाउपालिकाकाे १ देखि १० वडाका सभापति हरूको संयुक्तमा वडास्तरीय निर्वाचन मूल परिचालन समिति गठन गरेको छ। ती समितीका संयाेजकहरुले सात दिन भित्र समितिलाई पूर्णता दिई अनिवार्य बैठक गर्नुपर्ने नेपाली कांग्रेस धनकुटाले जनाएकाे छ । बैठकमा प्रतिनिधि सभाका नेपाली कांग्रेसका प्रत्यक्ष तर्फको उम्मेदवार दिनेश राईले नेपाली कांग्रेसलाई बदलेर आएकोले अब धनकुटालाई बनाउन मतदान गरी आफूलाई विजय गराउन मतदाताहरु समक्ष अनुरोध गर्नुभयो।
बैठकमा नेपाली कांग्रेस धनकुटाका पूर्व पार्टी सभापति हरिकुमार राई, निर्वाचन मूल प्रचारप्रसार समितिका संयोजक विजय सन्तोषी राई,क्षेत्रीय सभापति तथा गाउँपालिकाका अध्यक्ष जितेन्द्र राई, जिल्ला सदस्यहरू चन्द्रयाखा, रमेश इवाहाङ,दीपक मगरशान्ति शान्ति माया राई योगेन्द्र इवाहाङ, तरुण दलका दिपिन लिम्बु लगायत वडाका सभापतिहरुले यसपटक जसरी पनि निर्वाचनमा नेपाली कांग्रेसलाई विजय गराउनुपर्ने बताए ।
बैठक नेपाली कांग्रेस साँगुरीगढी गाउपालिकाका सभापति नेपाल धनराईको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन सचिव आइत लिम्बुले गर्नु भएकाे थियाे ।


