पाँचथर फिदिमका एक पुरुष बेपत्ता
पांचथर । पाँचथर फिदिमका एक पुरुष सम्पर्कविहिन भएका छन् ।
पाँचथर जिल्ला याङवरक गाँउपालिका वडा नं. २ तिमतिम्बु घर भई हाल जिल्ला पाँचथर फिदिम नगरपालिकावडा नं. ४ क्याम्पसमोड बस्ने वर्ष ६७ को मान बहादुर बेघा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय फिदिमले जनाएको छ ।
बेपत्ता बेघाको मानसिक सन्तुलन ठीक नभएको र बेघाले गत माघ ११ गते आफु खुसि घरछाडि हिडेको हुदा कहिँ कतै देख्नु भए वा भेट्नु भए नजिकैको प्रहरी कार्यालयमा अथवा दिइएको सम्पर्क नम्बरहरुमा खबर गरि दिन हुन अनुरोध गरिएको छ ।
सम्पर्क नम्बरः-
१००/९८५२६८११२२/९८५२६८४४४५/९८६६२५७८६६/९७६४४६०९२०

