सरस्वतीको मूर्ति सेलाउने क्रममा झडप, ६८ सेल अश्रु ग्यास प्रहार

रौतहट । रौतहटको परोहा नगरपालिका–९ रामपुरखाप गाउँमा सरस्वती पूजाको मूर्ति सेलाउन जाने क्रममा २ समुदायबीच बढेको विवादले उग्र रुप लिएको छ । झडप नियन्त्रण गर्न प्रहरीले ६८ सेल अश्रु ग्यास प्रहार गरेको छ ।

मूर्ति सेलाउन गएको जुलुस र फरक समुदायका केही व्यक्तिहरूबीच भनाभन सुरु भएपछि घटना झडपमा परिणत भएको हो । प्रहरी र सशस्त्र प्रहरीले हस्तक्षेप गर्दै स्थिति नियन्त्रणमा ल्याएको छ ।झडपमा केही स्थानीय र सुरक्षाकर्मी सामान्य घाइते भएका थिए । घाइतेहरु उपचारपछि घर फर्किसकेका छन् । घटनापछि रामपुरखाप क्षेत्रमा सुरक्षा कडा पारिएको छ ।

रौतहट प्रहरीका सूचना अधिकारी तथा डीएसपी विष्णुप्रदीप बस्यालले दुवै पक्षलाई संयमित रहन र समाजमा अशान्ति फैलाउने गतिविधिबाट टाढा रहन आग्रह गरेका छन् । प्रहरीका अनुसार आवश्यक अनुसन्धान र सोधपुछका लागि केही व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटले धार्मिक, सामाजिक र सांस्कृतिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमित रहन अपिल गरेको छ । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले राजनीतिक दलको सहभागितामा स्थानीय अगुवासँग छलफल गरी समस्या समाधान गरिने जानकारी दिए ।-बेतना दैनिक

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।