झापाको कमाण्ड सम्हालेकी प्रहरी उपरीक्षक बसुन्धरा खड्काले दिए मातहतका प्रहरीलाई कडा र स्पष्ट निर्देशन
झापा । प्रतिनिधिसभा निर्वाचनलाई उच्च प्राथमिकतामा राख्दै जिल्ला प्रहरी कार्यालय झापाको कमाण्ड सम्हालेकी नयाँ प्रहरी उपरीक्षक (एसपी) बसुन्धरा खड्काले मातहतका प्रहरीलाई कडा र स्पष्ट निर्देशन दिएकी छन्।
शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउनु आफ्नो पहिलो दायित्व भएको उल्लेख गर्दै उनले सुरक्षामा कुनै पनि किसिमको लापरबाही सह्य नहुने स्पष्ट चेतावनी दिएकी छन्।


