धनकुटाका दुई जना गांजा सहित सुनसरीबाट परे पक्राउ

धनकुटा । धनकुटाका दुई जना गांजा सहित सुनसरीबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको चौबिसे गाउंपालिका ७ का २५ वर्षीय साजन लिम्बु र १९ वर्षीय गगन लिम्बु छन् ।

सुनसरीको इनरुवा नगरपालिका-६ भोटेपुलबाट पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २ ह ६१२५ नम्बरको अटोलाई प्रहरीले रोक्न खोज्दा चालक साजनले नरोकी भागेपछि इनरुवा – ४ बाट प्रहरीले अटो नियन्त्रणमा लिएको थियो ।

अटोमा चेकजाँच गर्दा ९९ किलो एक ग्राम गाँजा बरामद भएपछि चालक साजनसहित अटोमा सवार गगनलाई पक्राउ गरिएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्र खड्काले जानकारी दिए ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।