प्रधानमन्त्री कार्कीले गरिन् निर्माणाधीन काठमाडौँ-तराईँ- मधेस द्रुतमार्ग (फास्ट ट्र्याक)को निरीक्षण
काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले निर्माणाधीन काठमाडौँ-तराईँ- मधेस द्रुतमार्ग (फास्ट ट्र्याक)को निरीक्षणमा गरेकी छन्।
मंगलबार बिहान ललितपुरको खोकनाबाट प्रधानमन्त्री कार्कीसहितको टोलीले द्रुतमार्गको निरीक्षण सुरु गरेको प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए।
प्रधानमन्त्री कार्कीसँगै भौतिकपूर्वाधारमन्त्री माधव चौलाई, परराष्ट्रमन्त्री बालानन्द शर्मा, नेपाली सेनाको प्रमुख अशोक सिग्देल लगायतले पनि द्रुतमार्गको निरीक्षण गरेका छन्।


