सुनसरी र झापाबाट लागू औषध ब्राउन सुगर र औषधी सहित ७ जना पक्राउ

विराटनगर, माघ १३ गते । सुनसरी र झापाबाट लागू औषध ब्राउन सुगर र औषधी सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

माघ १२ गते सुनसरीको इटहरी-१७ स्थितमा लागू औषध नियन्त्रण व्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले सोही स्थानकी जैतुन खातुन, मोहमद सैफुदिन र मन्जिना खातुनलाई १० ग्राम ३५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

चेकजाँचकै क्रममा अस्थायी प्रहरी चौकी विजयपुरले धरान-१४ बाट सोही स्थानका कुन्दन पाठकलाई ट्रामाडोल ३१८ क्याप्सुल र स्पास्पेन २८९ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ भने झापाको दमक नगरपालिका-५ स्थितमा बिशेष सुचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक- ९ का निरन्जन विश्वकर्मा, अमित मगर र दमक- ५ मिन कुमार धिमाललाई ट्रामाडोल ८१५ क्याप्सुल, डिकोलिक ११५ चक्की, स्पास्पेन ६०० चक्की लागु सहित पक्राउ गरेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।