झापाको दमकमा सुनका गरगहना चोरी गर्ने चार जना लागू औषध सहित पक्राउ

झापा । झापाको दमकमा सुनका गरगहना चोरी गर्ने चारजना लागू औषध सहित पक्राउ परेका छन्।

गत माघ ७ गते अन्दाजी दिउँसो ३;४० बजे दमक ५ चाँदनी टोल बस्ने कमल चम्लागाईको घरबाट अपरिचित व्यक्तिहरूले १ तोलाको सुनको चुरा, ६ आनाको सुनको नौगेडी, ६ आनाको तिलहरी, ५ आनाको सुनको औँठी र आधा तोलाको सुनको औँठी, १० आनाको सुनको कानमा लगाउने झुम्का र नगद २५ हजार चोरी गरेका थिए ।

घटनाको अनुसन्धान गरी पाउँ भनी कमला चम्लागाईले इलाका प्रहरी कार्यालय दमकमा निवेदन दिएकी थिइन् । उक्त निवेदनको आधारमा सीसीटीभी फुटेजलगायतको माध्यमबाट घटनाको अनुसन्धान गर्ने क्रममा शिवसताक्षी २ घर भई हाल दमक ८ बस्ने प्रकाश घतानी र दमक ७ बस्ने कमलबहादुर रन्जितकारले चोरी गरेको सीसीटीभी फुटेजमा देखिएको थियो ।

घतानी र रन्जितकारलाई खोजतलास गर्ने क्रममा माघ १० गते दिउँसो ४ बजे दमक ८ बाट फेला पारी पक्राउ गरिएको थियो । उनीहरूलाई प्रारम्भिक सोधपुछ गर्दा उक्त चोरीका केही सुनका गरगहनाहरूमध्ये १ जोर कानमा लगाउने सुनको झुम्का, १ थान सुनको चुरा, १ थान औँठी र १ थान नौगडीको दाना र सानो टुक्रा १ थान प्रकाश घतानीले दमक वडा नं. ८ स्थित आफू बस्ने कोठामा लुकाई छिपाई राखेको बताएका थिए ।

त्यसपछि उक्त घर कोठा खानतलासी गरिएको थियो । त्यसक्रममा सुनका केही गरगहनाहरू बरामद गरी नौ गेडीको २ वटा दाना कमलबहादुर रन्जितकारले लगी आफ्नै बुबा वर्ष ५५ का नरबहादुर रन्जितकारलाई राख्न दिएको समेत बताएका थिए । नरबहादुर रन्जितकारलाई माघ १० गते राति ८ बजे दमक १ बाट पक्राउ गरी उनको शरीर तथा घर कोठा खानतलासी गर्दा उनले लगाएको जिन्स पाइन्टको दायाँ गोजीबाट सुनको नौगेडीको २ वटा दानाहरू फेला परेको थियो ।

त्यसपछि कमलबहादुर रन्जितकारको घर कोठा खानतलासी गर्ने क्रममा कमलबहादुर रन्जितकारकी श्रीमती सन्ध्या हिङमाङले उनीहरू बस्ने घरको झ्यालबाट केही शङ्कास्पद वस्तु झ्यालबाट फालेकी थिइन् । शंका लागेर उक्त वस्तु फालेको स्थानमा हेर्दा सेतो बट्टाभित्र प्लास्टिकबाहेक १ ग्राम ५० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

कमलबहादुर रन्जितकार, नरबहादुर रन्जितकार र सन्ध्या हिङमाङलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय दमक ल्याई थप अनुसन्धान भइरहेको जनाइएको छ ।-स्रोत :आवर दमक

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।