रक्तदान औपचारिकता होइन, मानवताको सर्वोच्च कर्म हो ः मेयर कोइराला

विराटनगर । रक्तदानलाई केवल कार्यक्रमको औपचारिकतामा सीमित नराखी जीवन, करुणा र सामूहिक जिम्मेवारीको संस्कारका रूपमा विकास गर्नुपर्नेमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले जोड दिएका छन् ।

नेपाल रेडक्रस सोसाइटी मोरङद्वारा आयोजित रक्तसञ्चार दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले रगत कुनै कारखानामा उत्पादन नहुने र प्रविधिले निर्माण गर्न नसक्ने अमूल्य उपहार भएको उल्लेख गरे । ‘रगत स्वस्थ मानिसको शरीरबाट मात्र प्राप्त हुन्छ, जसले अर्काको जीवन बचाउन सक्छ,” उनले भने, ‘त्यसैले रक्तदान मानव जीवनसँग प्रत्यक्ष जोडिएको सर्वोच्च मानवीय कर्म हो ।’

मेयर कोइरालाले विपद्, महामारी, दुर्घटना तथा जटिल उपचारका बेला रेडक्रस मोरङले निर्वाह गर्दै आएको भूमिकाको उच्च प्रशंसा गरे । जीवन संकटमा पर्दा रेडक्रस र रक्तदाताको उपस्थितिले आशाको उज्यालो देखाएको उनको भनाइ थियो ।

कार्यक्रममा सहभागी रक्तदाताहरूलाई ‘मौन तर शक्तिशाली नायक’को संज्ञा दिँदै उनले विराटनगर महानगरपालिकाको तर्फबाट सबै रक्तदाताप्रति हार्दिक आभार व्यक्त गरे । महानगरपालिकाले स्वास्थ्यलाई विकासको मेरुदण्डका रूपमा लिएको उल्लेख गर्दै उनले पूर्वाधार निर्माणसँगै स्वस्थ नागरिक निर्माणलाई प्राथमिकतामा राखिएको स्पष्ट पारे ।

‘सुरक्षित र सहज रक्तसञ्चार सेवा बिना आधुनिक स्वास्थ्य प्रणालीको कल्पना सम्भव छैन,’ मेयर कोइरालाले भने, ‘महानगरपालिकाले रेडक्रस, स्वास्थ्य संस्था र नागरिकसँग सहकार्य गर्दै स्वेच्छिक
रक्तदानलाई अभियानका रूपमा अघि बढाइरहेको छ र यसलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दछु ।’

मेयर कोइरालाले संघसंस्था, सामाजिक संगठन तथा निजी क्षेत्रलाई पनि रक्तदानलाई अभियानकै रूपमा सञ्चालन गर्न आग्रह गरे । सोही अवसरमा वर्षभरि सबैभन्दा बढी रक्तदान कार्यक्रम गरी रगत संकलन गर्ने संघसंस्थाहरुलाई सम्मान गरिएको थियो ।

नेपाल रेडक्रस सोसाइटी मोरङले विराटनगरमा कार्यक्रम आयोजना गरेर सम्मान गरेको हो । संघसंस्थातर्फ विराटनगर राउण्ड टेबल नम्बर ५ प्रथम भएको छ । वर्षभरिमा ६ पटक रक्तदान कार्यक्रम आयोजना गरेर राउण्ड टेबलले ३१८ पिन्ट रगत संकलन गरेको छ ।

त्यस्तै सुनसरीको साई अस्पताल झुम्काले १३३ पिन्ट रगत संकलन गरेर द्वितीय भएको छ भने नेकपा एमाले बेलबारी नगर कमिटीले १२१ पिन्ट रगत संकलन गरी तृतीय भयो ।

त्यस्तै उपशाखातर्फ नेपाल रेडक्रस सोसाइटी सुन्दरहरैंचाले ५९ पिन्ट रगत संकलन गरी प्रथम भयो । त्यस्तै कटहरीको थलाहा उपशाखाले ४७ पिन्ट रगत संकलन गरेर द्वितीय भयो भने बाहुनी उपशाखाले ४४ पिन्ट रगत संकलन गरेर तृतीय भयो ।

त्यस्तै रक्तदान गर्ने सर्कलतर्फ आदर्श मावि प्रथम भयो । उसले ४० पिन्ट रगत संकलन गरेको थियो । सुन्दरहरैंचास्थित सुकुना माविले ४५ पिन्ट रगत संकलन गरी द्वितीय हुँदा सुन्दरहरैंचाकै पञ्चायत माविले ३४ पिन्ट रगत संकलन गरेर तृतीय स्थान प्राप्त गरेको छ ।

उनीहरु सबैलाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, नेपाल रेडक्रस सोसाइटी मोरङका सभापति सुकदेव मण्डलले सम्मानपत्र प्रदान गरेका थिए ।

बढी रगत संकलन गर्ने १०–१० वटा संघसंस्था, उपशाखा र सर्कल सम्मान गरिएको थियो ।

कार्यक्रममा रेडक्रस मोरङका उपसभापति रमानन्द यादव, मन्त्री सुरेन्द्र गिरी, कोषाध्यक्ष केदारबहादुर थापा, आदर्श माविका शिक्षक शैलेन्द्र नेपाल, सुरन्दरहरैंचा उपशाखाका घनिन्द्र न्यौपाने, निजामती कर्मचारी संगठन सुनसरीका अध्यक्ष चिनेश्वर मेहतालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।