धारिलो हतियार प्रहारबाट आमा–छोराको मृत्यु,तीन घाइते
बारा । बारामा रातको समयमा घरभित्र छिरेर गरिएको आक्रमणमा आमा र छोराको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
अज्ञात व्यक्तिले घरभित्रै धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते बनेका आमा–छोराले उपचारको क्रममा ज्यान गुमाए। अन्य घाइते तीनजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले घटनास्थल नियन्त्रणमा लिएर आक्रमणकारीको खोजी तीव्र पारेको छ।

