झापाको मेचीनगरमा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु

झापा । झापाको मेचीनगर नगरपालिका-७ नमुना टोलस्थित भित्री सडकखण्डमा भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। गत माघ ११ गते दिउँसो १:३० बजे दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा घाइते भएकी बिर्तामोड नगरपालिका-७ निवासी ५४ वर्षीया कल्पना भण्डारीको मृत्यु भएको हो।

​काँकडभिट्टाबाट भद्रपुरतर्फ जाँदै गरेको मे ९ प ६३९४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१-०१-०१७ प ४२६५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए। दुर्घटनामा ६३९४ नम्बरका मोटरसाइकल चालक ६४ वर्षीय भोजराज भण्डारी सामान्य घाइते हुनुभएको थियो भने उहाँकी श्रीमती कल्पना भण्डारीको टाउको र शरीरमा गम्भीर चोट लागेको थियो।

​गम्भीर घाइते भण्डारीलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी (B&C) अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा उपचारकै क्रममा आइतबार (माघ १४ गते) बिहान १०:१५ बजे उहाँको निधन भएको प्रहरीले जनाएको छ। मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ।

​यसैबीच, दुर्घटनामा संलग्न अर्को ४२६५ नम्बरको मोटरसाइकलका चालक मेचीनगर नगरपालिका-६ बस्ने ४३ वर्षीय युवराज मुखियालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।