रक्सीको बिबादले पौडेलको हत्या

घोराही । घोराही उपमहानगरपालिका – ९ असराका ३२ बर्षीय बिजय पौडलको हत्या रक्सीका कारण भएको बिबादले गर्दा भएको खुलेको छ ।

पौडलको हत्या आरोपमा तुलसीपुर उपमहानगरपालिका – १७ नयाँ बस्तिका २८ बर्षीय प्रदीप वलीलाई प्रहरीले मंगलबार पक्राउ पछि सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी शाहका अनुसार पौडेल र वलीका बीचमा रक्सीको बिषयमा भएको बिबादका कारण हत्याको घटना भएको तथ्य अनुसन्धान पछि खुलेको बताए ।

यो घटना पूर्व यी दुईका बीचमा परिचय थिएन । वलीले स्थानीय पसलबाट घरेलु मदिरा किनेको देखेपछि पौडेल पच्छ्याउँदै आएका थिए ।

खोला बगरमा आएपछि पौडेलले रक्सी माग्दा दुई जनाको बीचमा बिबाद र झगडा भएको थियो । त्यही बीचमा वलीले पौडेलको टाउकोमा ढुँगा प्रहार गरि गम्भीर घाइते तुल्याएका थिए ।

तुलसीपुर उपमहानगरपालिका – १७ स्थित हापुर खोला बगरमा पुस १५ गते बेलुका पौडेल ८ बजेतिर चोट ग्रस्त अवस्थामा फेला परेका थिए । उनको टाउकोमा गहिरो चोट थियो ।

घाइते पौडेललाई उद्धार गरि प्रहरीले घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पुर्‍याएको थियो । त्यहाँ प्रारम्भीक उपचार पछि उनलाई थप उपचारका लागि बाँकेस्थित नेपालगंज मेडिकल कलेज कोहलपुरमा पुर्‍याइएको थियो । घाइते पौडेलको उपचारका क्रममा पुस १६ गते बिहान ३ बजेतिर मृत्यु भएको थियो ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहले घटना पछि वली भागेर भारत गएका थिए । उनी पुस १२ गते मात्रै गाउँ घरमा आएका थिए ।

सोही दिन अर्थात सोमबार बेलुका ८ बजेतिर वलीलाई तुलसीपुर – १६ रावत गाउँस्थित आफन्तको घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी इलाका प्रहरी कार्यालय तुलसीपुर बाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

प्रहरी अनुसन्धान बाट ३० रुपैयाँ जतिको रक्सीको बिबादका कारण पौडेलको हत्या भएको डिएसपी शाहले बताए ।

घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।