किरात याक्थुङ चुम्लुङ केराबारीको पदस्थान कार्यक्रम सम्पन्न
केराबारी । किरात याक्थुङ चुम्लुङ केराबारीको पदस्थान कार्यक्रम मङ्गलबार सम्पन्न भएको छ ।
पदस्थापन कार्यक्रममा चुम्लुङका प्रदेश सदस्य फिपराज लिम्बु , जिल्ला अध्यक्ष डिबी कुरुम्बाङ , पुर्व केन्द्रिय सदस्य डिल्ली लिङ्दमको उपस्थिति रहेको छ ।
चलचित्रकर्मी तथा लिम्बु गायक हस्त लिबाङको अध्यक्षता गठित २१ सदस्यीय समितिलाई प्रमाण पत्र वितरण गरिएको थियो । साथै चुम्लुङ्का सल्लाहकारमा छत्र चेम्जोङ , डिल्ली लिङ्दम , डिबी सुब्बा , भक्तशेर लिम्बुलाई चयन गरिएको छ ।
अध्यक्षमा निर्वाचित हस्त लिबाङले चुम्लुङको कामकारबाही सन्चालन गर्न निशुल्क रुपमा कोठा उपलब्ध गराएका छन् ।


