सुनसरी एमाले ११ हजारको जम्बो टोली लिएर चुनावी मैदानमा

सुनसरी । नेकपा एमालेका तर्फबाट सुनसरीका चार वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरुलाई विजयी गराउन पार्टीले केन्द्रीय नेतृत्वहरुको संयोजकत्वमा जम्बो निर्वाचन परिचालन कमिटी गठन गरेर चुनावी अभियानलाई अगाडि बढाएको छ ।

सुनसरी क्षेत्र नम्बर १ का उम्मेदवार टिकाराम माङ्लेनको पक्षमा चुनाव परिचालन गर्न केन्द्रीय सदस्य मञ्जु भण्डारीको नेतृत्वमा सो क्षेत्रमा पार्टीका अधिकांश संगठित सदस्यहरु रहेको जम्बो निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।

सो क्षेत्रमा एमालेका माङ्लेनसँगको प्रतिष्पर्घामा नेकपाका मनोज भट्टराई, श्रम संस्कृति पार्टीका हर्क साङ्पाङ, नेपाली कांग्रेस सुजेन्द्र तामाङ र रास्वपाकी सरिन तामाङ उम्मेदवार बनेका छन ।

त्यसैगरी निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार सुजन लामाको चुनावी अभियान सञ्चालन गर्न पूर्व केन्द्रीय सदस्य लक्ष्मी गौतमको नेतृत्वमा ४४०४ सदस्य निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।

सो क्षेत्रमा नेपाली कांग्रेसबाट राजिब कोइराला, नेकपाबाट रामकुमारी चौधरी, रास्वपाबाट लालविक्रम थापा र स्वतन्त्र रुपमा इकवाल अहमद प्रतिष्पर्घामा उत्रिएका छन ।

त्यसैगरी सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ बाट पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य भगवती चौधरीलाई पुनः विजयी गराउने उद्देश्यसहित एमाले सुनसरी–३ ले २ हजार २०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गर्दै संयोजक (कमाण्डर) को जिम्मेवारी लिलम बस्नेतलाई दिएको छ ।

परिचालन समितिको सह–कमाण्डरमा ओमप्रकाश मेहता रहेका भने उप–कमाण्डरमा शिवनारायण चौधरी र आश नारायण चौधरी चयन भएका छन ।

यस्तै, समितिको सचिवको जिम्मेवारी मिलिराम चौधरी लाई दिइएको छ ।सो क्षेत्रमा नेपाली कांग्रेसका विजयकुमार गच्छदार, रास्वपाका अशोक चौधरीसहितका उम्मेदवारहरु प्रतिष्पर्घामा छन । चौधरीले यसअघिको निर्वाचनमा बिजय हासिल गरेकी थिईन ।

त्यसैगरी सुनसरी क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका जगदिश कुसियतलाई बिजयी गराउन ३१०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।

जसको नेतृत्व पूर्व अनुशासन आयोग सदस्य पोष्टकुमार नेपाललाई दिईएको छ ।

सुनसरी ४ नम्बर निर्वाचन समितिका सहसंयाेजक डिवि शाहशंकरले मुल परिचालन समिति बाहेक विभिन्न उपसमिति गठन गरि करिब ७ हजार बढी ४ नम्बर निर्वाचन क्षेत्रमा परिचालन गरिने बताए ।

सो क्षेत्रमा नेपाली कांग्रेसबाट यसअघिका समेत सांसद ज्ञानेन्द्रबहादुर कार्की, रास्वपाका दिपक साह र नेकपाका महफुज आलम चुनावी प्रतिष्पर्घामा छन ।

नेकपा एमाले सुनसरीका अध्यक्ष पर्शुराम यादवले पार्टीले गठन गरेका निर्वाचन परिचालन समितिहरुले आ आफ्नो क्षेत्रका वडा स्तरसम्म वडा निर्वाचन परिचालन समिति गठन गर्नुका साथै घरदैलो अभियान, जनसम्पर्क र संगठन विस्तारमार्फत निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउने गरी अभियान अगाडि लैजाने बताए ।

परिचालन समितिले क्रमसः अभियानमा पार्टीमा आबद्ध युवा, महिला, किसान, मजदुर र ब्यवसायीहरु अलग अलग समिति बनाएर क्षेत्रगत र विद्यागत रुपमा समेत चुनावी परिचालन गर्नेछ ।-परिक्रमा खबरबाट

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।