हिसान क्रिकेटमा शिक्षादिप र कान्तिपुर विजयी हुँदै सेमिफाइनलमा प्रवेश

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत बुधबार भएको हिसान क्रिकेटमा विजयी हुँदै शिक्षादिप कलेज र कान्तिपुर कलेज सेमिफाइनलमा प्रवेश गरेका छन् ।

जुट मिल मैदान भएकोे पहिलो खेलमा शिक्षादिप कलेजले रेडस्टार कलेजलाई १५ रनले पराजित गरि सेमिफाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङको गरेको शिक्षादिपले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय १७ रनकोे योगफल तयार पारेको थियो । शिक्षादिपका सत्यम सदामले सर्वाधिक २१ रनको योगदान दिए । रेडस्टारका आयुर अधिकारीले ४ विकेटले लिँदा सुधिर बस्नेतल ३ विकेट लिए ।

जवाफमा १ सय १७ रनको लक्ष्य पाएको रेडस्टारले १९ दशमलव ५ बलमा सवै विकेट गुमाई १ सय २ रन मात्र जोड्न सक्यो । रेडस्टारका अविशेक विकले सर्वाधिक १८ रनको योगदान दिए । शिक्षादिपका प्लेयर अफ म्याच सोनु सिंहले ४ विकेट लिए ।

दोस्रो खेलमा कान्तिपुर कलेजले कोवास कलेजलाई ९३ रनको फराकिलो अन्तरले पराजित गरि सेमिफाइनलमा प्रवेश गरेको । टस जितेर ब्याटिङको गरेको कान्तिपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ९२ रनको विशाल योगफल तयार पारेको थियो । कान्तिपुरका प्लेयर अफ द म्याच शमभु मण्डलले ६१ रन बनाउँदा सन्तोष गुम्ताले ४१ रनको योगदान दिए । कोवासका अमरेश यादवले सर्वाधिक ५ विकेट लिए ।

जवाफमा १ सय ९३ रनको लक्ष्य पाएको कोवासले १५ दशमलव ५ बलमा सवै विकेट ९९ रनमा सिमित भयो । कोवासका राजित राजवंशीले सर्वाधिक १९ रनको योगदान दिए । कान्तिपुरका सन्तोष गुप्ताले २ विकेट लिँदा रामरतन यादवले पनि २ विकेट लिए ।

हिसान फुटबलमा रेडस्टार, कान्तिपुर र अर्किड विजयी

विराटनगर उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत बुधबा भएको हिसान फुटबलमा रेडस्टार कलेज, कान्तिपुर कलेज र अर्किड कलेज विजयी भएका छन् ।

पहिलो खेलमा रेडस्स्टार कलेजले कोशी मोडेल कलेजलाई २–० को गोल अन्तरले पराजित गरि क्वाटरफाइनलमा प्रवेश गरेको छ । रेडस्टारको जितमा प्लेयर अफ म्याच मनिस लिम्बु र विजय मगरले १–१ गोल गरे ।

दोस्रो खेलमा कान्तिपुरले बुद्ध कलेजलाई ३–१ को गोल अन्तरले पारजित गरिसेमिफाइनलमा प्रवेश गरेको छ । कान्तिपुरकोे जितमा प्लेयर अफ द म्याच गौतम चौधरीले २ गोल र निसान्तकुमार चौधरीले १ गरे भने बुद्धका जतिनकुमार थारुले १ गोल गरे ।

तेस्रो खेलमा अर्किड कलेजले होली चायल्ड कलेजलाई १–० को गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुद्धको जितमा प्लेयर अफ द म्याच विवेक खवासले १ गोल गरे ।

भलिबलमा रेडस्टार,विकेभिएम, कान्तिपुर र राष्ट्र निमार्ण विजयी

विराटनगर उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत बुधबार भएको हिसान भलिबलमा छात्रतर्फ रेडस्टार कलेज, कान्तिपुर कलेज र विकेभिएम कलेज तथा छात्रातर्फ रेडस्टार कलेल र राष्ट्र निमार्ण कलेज विजयी भएका छन् ।

छात्रतर्फ पहिलो खेलमा विकेभिएम कलेजले ग्रिनल्याण्ड कलेजलाई २५–१३ र २५–१० को सोझो सेटलले पराजित गरेको छ । खेलको प्लेयर अफ द म्याच विकेभिएमका शिसान्त पाण्डे घोषित भए ।

तेस्रो दोस्रो खेलमा कान्तिपुर कलेजले शिक्षादिप कलेजलाई २५–८ र २५–१८ को सोझो सेटलले पराजित गरेको छ । खेलको प्लेयर अफ द म्याच रेडस्टारका सुरज राई घोषित भए ।

खेलमा विकेभिएम कलेजले ग्रिनल्याण्ड कलेजलाई २५–१३ र २५–१० को सोझो सेटलले परािजित गरेको छ । खेलको प्लेयर अफ द म्याच विकेभिएमका शिसान्त पाण्डे घोषित भए ।

छात्रातर्फ पहिलो खेलमा रेडस्टार कलेजले अर्किड कलेजलाई २५–१४ र २५–१२ को सोझो सेटलले परािजित गरेको छ । खेलको प्लेयर अफ द म्याच रेडस्टारकी जेनिसा लामिछाने घोषित भइन् ।

दोस्रोे खेलमा राष्ट्र निमार्ण कलेजले विकेभिएम कलेजलाई १३–२५, २५–२२ र २५–२२ को सेटलले परािजित गरेको छ । खेलको प्लेयर अफ द म्याच राष्ट्र निमार्णकी रानिसा थापा घोषित भइन् ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।