चितवन १ मा अनेम संघको भेला,बिकासको बांकी काम पूरा गर्छु – उम्मेदवार लामा
चितवन । चितवन क्षेत्र नम्बर १ मा अखिल नेपाल महिला संघ क्षेत्रीय कमिटीको बैठक बस्नुका साथै निर्वाचन प्रचारप्रसार समितिको घोषणा गरिएको छ ।
महिला परिचालन क्षेत्र न १ प्रतिनिधि सभा निर्वाचनका निर्वाचन संयोजक लक्ष्मीकुमारी पोखेलको अध्यक्षता तथा पूर्व केन्द्रिय कमिटि सदस्य नेकपा (एमाले) तथा अनेमसंघ इन्चार्ज सीता पौडलको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य एवं बागमती प्रदेश संसदीय दलका नेता जेएन थपलिया ,एमालेबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार दावा दोर्जे लामाको बिशिस्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै एमाले उम्मेदवार लामाले चितवन एकमा एमालेको बिरासत जोगाउने गरि निर्वाचनमा होमिन आग्रह गरे । चितवन १ मा बिगतमा एमालेबाट निर्वाचित सांसदबाट भएका कामको प्रचार गर्न आग्रह गर्दै उम्मेदवार लामाले बांकी रहेका काम आफुले पूरा गर्ने प्रतिबद्धता जनाए ।

