हिसान भलिबलको उपाधि रेडस्टार र राष्ट्रनिर्माणलाई

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत शनिबार भएको हिसान भलिबलको उपाधि छात्रतर्फ राष्ट्रनिर्माण कलेज छात्रातर्फ रेडस्टार कलेजले जितेको छ ।

दिल्ली पब्लििक स्कुलको मैदानमा भएको फाइनल खेलमा छात्रतर्फ राष्ट्रनिर्माण कलेजले कान्तिपुर कलेजलाई २५–१७, २५–१७, २३–२५ र २५–१६ को सेटलले पराजित गरि उपाधि जितेको हो । प्रतियोगिताको उत्कृष्ट स्पाइकर राष्ट्रनिर्माणको राजेश मरण्डि, उत्कृष्ट सटर राष्ट्रनिर्माणकै चन्द्र श्रेष्ठ , प्लेयर अफ सिरिज राष्ट्रनिर्माणकै कमल तिवारी,उत्कृष्ट लिवेरो कान्तिपुरका विपिनकुमार चौधरी, उत्कृष्ट सर्भर कान्तिपुरकै निशन मगर र उत्कृष्ट ब्लकर कान्तिपुरकै मनोज विस्वास घोषित भए ।

छात्रातर्फ रेडस्टार कलजेले राष्ट्रनिर्माण कलेजलाई २५–१२, २५–१५ र २५–१८ को सोझो सेटलले पराजित गर्दै उपाधि जितेको हो । प्रतियोगिताको उत्कृष्ट स्पाइकर रेडस्टारकी कुञ्जन राई, प्लेयर अफ सिरिज र उत्कृष्ट डिफेन्स रेडस्टारकी स्मृती राई, उत्कृष्ट सटर राष्ट्रनिर्माणकी शिखा लामिछाने , उदयमान खेलाडी विकेभिएमकी सलिस्ना सिंह घोषित भइन् ।

हिसान कवडीको उपाधि विराटनगरको कान्तिपुरलाई

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत भएको हिसान कवडीको उपाधि विराटनगरको कान्तिपुर कलेजले जितेको छ ।

दिल्ली पब्लििक स्कुलको मैदानमा शनिबार भएको फाइनल खेलमा ग्रिनल्याण्डलाई कान्तिपुर कलेजले ४५–३८ को स्कोरले पराजित गर्दै उपाधि जितेको हो ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।