घरदैलो कार्यक्रमलाई तिव्रता दिंदै नेकपाका उम्मेदवार कुशल लिम्बू

मोरंग । मोरङ क्षेत्र नं. १ बाट नेपाल कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा उम्मेद्वार कुशल लिम्बूले उर्लाबारीमा घरदैलो तथा भेटघाट कार्यक्रम सुरु गरेका छन् ।

जनतासँग प्रत्यक्ष भेटघाट गर्दै उनले पार्टीको नीति, कार्यक्रम र भावी योजनाबारे जानकारी गराउँदै मतदाताको सुझाव संकलन गरेका छन् ।

उक्त कार्यक्रममा समानुपातिक उम्मेद्वार ममता राजवंशी, पार्टीका केन्द्रीय सदस्यहरू विशेन्द्र चेम्जोङ, बलबहादुर घिसिङ र खगेन्द्र पराजुली, साथै नगरअध्यक्ष गजेन्द्र दंगालसहित पार्टीका नेता–कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

भेटघाटका क्रममा उम्मेद्वार लिम्बूले मोरङ क्षेत्र नं. १ को समग्र विकास, रोजगारी सिर्जना, सामाजिक न्याय र सुशासनका लागि नेपाली कम्युनिष्ट पार्टी प्रतिबद्ध रहेको बताए ।

उनले आगामी निर्वाचनमा पार्टीको चुनाव चिन्ह तारामा मतदान गरी विजयी गराउन मतदातासँग अपिल गरेका छन् ।

स्थानीयवासीहरूले घरदैलो कार्यक्रमलाई सकारात्मक रूपमा लिँदै विकास र परिवर्तनका विषयमा आफ्ना धारणा र अपेक्षा व्यक्त गरेका थिए।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।