झापाकी एक महिला १० किलो चांदी सहित पानीट्याङ्की क्षेत्रबाट भारतीय सीमा सुरक्षा बलको नियन्त्रणमा
झापा । झापा निवासी ४५ वर्षीया देवी कला खड्कालाई भारत–नेपाल सीमावर्ती पानीट्याङ्की क्षेत्रबाट भारतीय सीमा सुरक्षा बल (SSB) ले करिब १० किलो चाँदीसहित नियन्त्रणमा लिएको छ।
एसएसबीको ४१औँ बटालियनले पुरानो पुल नजिक जाँचका क्रममा चाँदी फेला पारेको हो।
प्रारम्भिक बयानमा खड्काले चार हजार नेपाली रुपैयाँको प्रलोभनमा परेर भरिया बनेको बताएकी छन्।


