मोरंगको लेटाङबाट लागु औषध सहित एक महिला पक्राउ
लेटाङ । इलाका प्रहरी कार्यालय लेटाङले लागू औषधविरुद्धको अभियानअन्तर्गत एक महिलालाई खैरो हिरोइनसहित पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय, लेटाङका प्रमुख सागर साहका अनुसार आज माघ १७ गते शनिबार गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले लेटाङ ०३ बाट ३० वर्षीया तारा कुमारी लिम्बु राईलाई २।५ ग्राम खैरो हिरोइनसहित नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ परेकी ती महिला यसअघि पनि अर्को लागू औषधसम्बन्धी मुद्दामा फरार प्रतिवादी रहेको खुलेको छ।
हाल उनलाई नियन्त्रणमा लिई दुवै मुद्दाका सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ।


